Saturday 28 April 2012

सिराह र कपिलवस्तुमा भिषण आगलागी


मोरङ, सिरहा र कपिलबस्तुमा भएका आगलागीका कारण करोडौ रुपैयाको क्षति भएको छ । मोरङको हात्तिमुडास्थित स्वस्तिक जुट मिलमा आज दिउंसो आगलागी हुंदा ठूलो क्षति पुगेको छ । विद्युत सर्ट भई लागेको आगलागीबाट मिल भित्र रहेको प्लान्टमा रहेको तीन वटा मेसिन पुर्ण रुपमा जलेर जलेर नष्ट भएका छन् । उद्योगका संचालक दिवाकर राठीका अनुसार आगलागीबाट करिब ३ करोड बराबरको क्षती भएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी, स्थानिय वासिन्दा र विराटनगर र इटहरीबाट गएको वारुणयन्त्र परिचालन गरिएको थियो ।

सिरहाको वरियारपट्टि गाउँ विकास समितिको शिवनगरमा आज दिउंसो भिषण आगलागी हुँदा २ सय ५० घर जलेको छ । आगलागीबाट धनमाल, लत्ताकपडा र अन्नपात गरी झण्डै १० करोड बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ । आगो नियन्त्रणको लागि लहानबाट गएको दमकल, स्थानिय वासिन्दा र प्रहरीले घण्टौपछि नियन्त्रणमा लिएका थिए । खरको छाना भएका घरहरुमा आगो फैलिएकाले नियन्त्रण गर्न समय लागेको बताईएको छ । उता, कपिलवस्तुको खुरहुरीया गाउँ विकास समितिको नवरङगीया गाउँमा भएको आगलागीबाट ५१ वटा घर जलेर नष्ट भएको छ । आगोले स्थानीय जमाल मियाको कुखुरा फर्ममा रहेका तीन हजार एक सय भन्दा बढी कुखुरा जलेको स्थानीइबासीले बताएका छन् । आगलागीबाट ३० लाख भन्दा बढीको क्षती भएको प्रहरीको अनुमान छ । सदरमुकाम तौलिहवाबाट गएको वारुण यन्त्र, स्थानिय वासिन्दा र प्रहरीलाई आगो नियन्त्रण गर्न घण्टौ लागेको थियो ।

No comments:

Post a Comment