Sunday 22 April 2012

प्रहरीका करोडपति लेखापालको छानबिन कसले गर्ने?

काठमाडौं,
 नेपाल प्रहरीमा दर्जाले सई भए पनि करोडौंपति हुने घुमुवा, लेखापाल, सुवेदार मेजर र भण्डार शाखामा बस्नेहरुको सम्पत्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे स्रोत देखाउन नसक्ने अवस्था रहेको छ।  
दर्जा तल्लो भए सम्पत्ति आर्जनका हिसाबले माथिल्लो दर्जाका भन्दा

बढी सान सौकतका साथ काठमाडौंमा बस्नेहरु पनि छन्। तर सई दर्जामा बसी काठमाडौंमा करोडौं रुपैया  पर्ने घर बनाउने लेखापालहरु मदन कु वर, मणि दाहाल, कृष्णप्रसाद पराजुली, शेखर मल्ल लगायत थुप्रै छन्। यी लगायत धेरै लेखापालहरुको सम्पत्तिको स्रोतको खोजी गर्न सम्पत्ति शुद्धिकरण नियन्त्रण विभाग र अख्तियार  जस्ता निकाय छन्। तर उनीहरुको सम्पत्ति खोजी हुन सकेको छैन। प्रहरीमा लेखापाल भई रिटायर्ड भएका केशव कोइरालाहरुको सम्पत्ति अकूत छ। उनीहरुको पनि सम्पत्ति छानबिन हुनुुपर्छ भन्ने माग भइरहेको छ। त्यस्तै, सई हुन्जेल प्रहरीका धेरै जिल्लामा लेखापाल भइसकेका इन्स्पेक्टर गोविन्द कार्की पनि अकूत आर्जन गर्नेमा पर्दछन्। उनी हाल महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत कमलपोखरी पोष्ट इन्चार्ज छन्।  
इन्स्पेक्टर बढुवा भएपछि पनि उनी काभ्रे ट्राफिकको प्रमुख भएर उत्तिकै दामखेती गरी अहिले ट्राफिक प्रहरी महाशाखामा आएका हुन्। काभ्रेमा हु दा टि्रपरहरुबाट मात्रै मासिक एक हजार रुपैया का दरले लाखौं रुपैया  उठाउने गरेको आरोप उनीमाथि लागेको थियो। सईहरु धर्मेन्द्र रावलहरुलाई लगाएर उनले काभ्रेमा बस्दा कुस्त कमाई गरेका थिए। युवासंघ नेपालका अध्यक्ष महेश बस्नेतको गाउँले भएकाले उनले मालदार स्थानबाहेक अन्त कहिल्यै पोष्टिङ हुनुपरेको छैन। ठूलो क्षेत्र भएको नया 
 बसपार्क पोष्टको गाडी नै खोसेर सानो क्षेत्र हेर्ने कमलपोखरीलाई गाडी दिएका छन्।  
कार्की महाशाखाका डीआईजी गणेशराज राईका विश्वासपात्र भएकाले नया  बसपार्कको गाडी खोसेर उनलाई दिइएको छ। 

No comments:

Post a Comment