Sunday 22 April 2012

प्रचण्डविरुद्ध बन्दुक उठ्ने चेतावनी

सेना समायोजनका नाममा पार्टी नेतृत्वले लडाकुलाई सीधै सेनाको जिम्मा लगाएको विरोध गर्दै समायोजन रोजेका विभिन्न अस्थायी शिविरका लडाकुहरूले पार्टी अध्यक्ष प्रचण्डविरुद्ध बन्दुक उठ्ने चेतावनी दिएका छन्। जनमुक्ति सेना नेपाल, सङ्घर्ष समितिका संयोजक तथा छैटौँ डिभिजन कार्यालयका बटालियन कमाण्डर
धनबहादुर बोगटीले यस्तो चेतावनी दिएका हुन्।  
पार्टी नेतृत्वले जनमुक्ति सेनाको मागलाई बेवास्ता गरिएको तथा भावनामाथि लात हान्ने काम भएको भन्दै उनले भने, 'प्रतिक्रियावादी शासक वर्गका विरुद्ध सोझिएका बन्दुकहरू अध्य212 प्रचण्ड र सरकारसामु सोझिने कुरामा कुनै शङ्का छैन।' पार्टी नेतृत्व आत्मसमर्पणवाद र विसर्जनवादको बाटोमा विचलित भयो। उनले भने, 'पार्टीको मूल नेतृत्व प्रचण्ड र बाबुरामले जनमुक्ति सेना नेपाललाई नेपाली सेनाको जिम्मा दिएर आत्मसमर्पण गराए हामी सहन सक्दैनौँ।'  
माओवादी नेता नेत्रविक्रम चन्दका अनुसार बोगटी एकजना मात्र होइनन्, शिविरमा रहेका केही लडाकुबाहेक सबै पार्टी नेतृत्वप्रति आक्रोशित छन्। उनले भने, 'शिविरमै रहेका हाम्रा साथीहरू नेतृत्वको आश्वासनमा मात्र चुप लागेर बसेका छन्।  
माओवादी स्रोतका अनुसार अवकाश रोजेका अधिकांश लडाकु आफ्नै पार्टी नेतृत्वविरुद्ध पर्ख र हेरको अवस्थामा रहेका छन्। उनीहरू कुनै पनि बेला पार्टी नेतृत्वविरुद्ध खनिन सक्छन्। स्राेतका अनुसार स्वेच्छिक अवकाश रोजेका लडाकुले आफूहरूलाई पार्टीले प्रयोग मात्र गरेको भन्दै कुनै पनि बेला आफ्नै पार्टीविरुद्ध जाइलाग्ने उपयुक्त समयको पर्खाइमा रहेको बताए छन्। शिविरमा रहेका लडाकुले आफूहरूको भूमिकाको कुनै कदर  
नगरिएको र उल्टै आफूहरूलाई सोस्ने काम मात्र गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइ छ, 'युद्धमा ललाइफकाई हामीलाई प्रयोग गरियो, अहिले बद्नाम गराउनुका साथै घर न घाटको बनाए। उनीहरूले पार्टी नेतृत्वसमक्ष आफूहरूले तिरेको रकमको हिसाबकिताबसमेत माग गरेका छन्। माओवादी उच्च स्रोतका अनुसार शिविरमा बस्दै आएको लडाकुबाट मासिक रूपमा उठाएको रकममा अनियमितता भएको भन्दै लडाकुहरूबाट उठाइएको रकमको हिसाब–किताब तत्काल सार्वजनिक नगरे थप आन्दोलन गर्ने तयारी भइरहेको छ। 
एमाओवादीले आफ्ना लडाकुहरू अस्थायी शिविरमा बस्न थालेदेखि (५ मङ्सिर ०६३) उनीहरूबाट मासिक एक हजारका दरले उठाउँदै आएको थियो। पाँच वर्षको अवधिमा शिविरका एक लडाकुबाट कम्तीमा ६० हजार लेबी तथा पीएलए स्पोर्टस् क्लब, जनमुक्ति सेना राहत कोषलगायतका नाममा पनि रकम उठाइएको छ। यसरी माओवादीले पाँच वर्षमा करोडौं रकम उठाएको देखिन्छ। 'माओवादीले लडाकुबाट मासिक रूपमा उठाएको पैसा घर फिर्ता हुने वा समायोजनमा जाने बेलामा फिर्ता दिने वचन दिएको थियो। तर, अहिलेसम्म न लडाकुलाई रकम फिर्ता दिइएको छ न त हिसाब–किताब नै देखाइएको छ,' एक लडाकु कमाण्डरले भने। छैटौँ डिभिजनका बटालियन कमाण्डर बोगटीले डिभिजन कमाण्डरहरूले आफूहरूबाट उठाइएको करोडौँ रुपैयाँ हिनामिना गरेकाले आन्दोलनको विकल्प नभएको बताए। उनले भने, 'नेपाली सेना परिचालन गरी बन्दी बनाएर सत्य लुकाउने प्रयत्न भइरहेको छ। तर, हामी चुप लागेर बस्ने प212मा छैनौँ।' 

No comments:

Post a Comment