Saturday 21 April 2012

को खेल्दैछन्, लन्डन ओलम्पिकमा

काठमाडौं
वैशाख ९- लन्डन ओलम्पिकमा एथ्लेटिक्सतर्फ तिलकराम थारू र प्रमिला रिजाल तथा पौडीतर्फ श्रेया धिताल र शैलश राणाले भाग लिने सम्भावना प्रबल रहेको नेपाल ओलम्पिक कमिटी स्रोतले बताएको छ।
एथ्लेटिक्समा राजेन्द्र
भण्डारी र सावित्री नेपालीको नाम ओलम्पिकमा पठाइए पनि सीमित कोटाका कारण ४ खेलाडी मात्र जाने सम्भावना प्रबल बनेको हो। मस्कोमा भर्खरै ओलम्पिक तयारी बैठकमा भाग लिएर फर्केका ध्रुवबहादुर प्रधानले बक्सिङ र सुटिङमा 'वाइल्ड कार्ड' को सम्भावना अझै यथावत रहेको कारण खेलाडी संख्या बढ्न सक्ने बताए। 'यो भएन भने ४ जना मात्र खेलाडी हुन सक्छन्,' उनले भने। नेपाली बक्सरले चीनमा बक्सिङ र मलेसियामा पौडीको छनोट खेल्न पनि बाँकी छ। -नागरिक

No comments:

Post a Comment