Saturday 28 April 2012

चार वर्षदेखि ओडार बास

वैशाख १७- सानो खोच। त्यसको अघिल्लो खण्डमा ढुंगा र माटोको पर्खाल। भित्र बाहिर गर्नका लागि काठको सानो ढोका। उत्तरी गोरखाको चुमचेत गाविसकी पेमा याङजुङ चार वर्षदेखि ओडारमा बस्दै आएकी छन्। 

७२ वर्षीया पेमा स्थानीय लोपसाङ धार्केको जग्गामा पर्ने ओडारमा बस्दै आएकी छन्। आफ्नो जग्गाको उब्जनीले उनलाई वर्ष दिन धान्न गाह्रो छ। अलिकति जग्गा र एउटा कुखुराबाहेक उनको श्रीसम्पत्ति नभएको धार्केले बताए। उनले भने, ''दिनभर खेतमा काम गरेर पेमा साँझपख ओडारमा फर्किन्छिन्। उनले त्यही खाना पकाएर खाने गरेकी छन्।'
चार वर्षअघि आफ्नो घरको छानामा रहेको काठे फलेक कुहिएर झरेपछि बस्ने अवस्था रहेन। त्यसपछि पेमा पुरानो घरको आडैको रहेको ओडारमा सरेकी हुन्। ओडारमा ढोका खोल्न र बन्द गर्न राखिएका दुइटा फलेकमध्ये एउटा फलेक कुहिएर जीर्ण भएको छ। लामा समुदायमा छोराले विवाह गरेपछि छुट्टिने संस्कारअनुसार पेमा एक्लै बसेकी हुन्। बाबु आमाका तीन सन्तान मध्ये दुई भाइले विवाह गरेपछि र आमा बाबुको मृत्युपछि उनी घरमा एक्लै बस्दै आएकी थिइन्। 
आमा बाबु र दुवै दाजुभाइको मृत्यु भएकाले अविवाहित पेमाले हालसम्म नागरिकताको प्रमाणपत्र नपाएको उनका भदा सोनाम सिरिङले बताए। 'गाउँमा घुम्ती शिविरसमेत सञ्चालन भएको थियो,' उनले भने, 'परिवारका सदस्य कोही नभएको भन्दै फुपुलाई नागरिकता दिइएन।' फुपुले छुट्टै बस्ने भनेपछि आफूहरूले ओडारमा ढुंगाको पर्खाल उठाएर बस्ने ठाउँ बनाइदिएको छिरिङले बताए। विवाह गरेका थुपै महिलाले समेत दुःख पाएकाले आफूलाई एक्लै बस्दा त्यस्तो अप्ठ्यारो नपरेको पेमाले जनाइन्।

पाँच जना तिब्बतीलाई नेपाली नागरिकताको प्रमाण–पत्र दिइयो

जिल्ला प्रशासन कार्यालय कास्कीले पाँच जना तिव्वती नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएको खुलासा भएको छ। मुस्ताङको चराङ गाविस वडा नम्बर–२ बाट पोखरा उप–महानगरपालिका वडा नम्बर–२ मा वसाई सरेको भन्दै नक्कली कागजात पेश गरेपछि जिल्ला प्रशासन कार्यालयले पाँच जना तिब्बतीलाई नेपाली नागरिकताको प्रमाण–पत्र दिएको हो।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट वैशाख ५ गते तिव्वती नागरिक छिरिङ याङजोम गुरुङ, याङचेन गुरुङ, डिकी डोल्कर गुरुङ, ल्हामु डोल्कर गुरुङ र पेमा धनदुल गुरुङले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। नागरिकताका लागि पोखरा उप–महानगरपालिकाका वडा नम्बर–२ का सचिव रविचन्द्र जमरकट्टेलले सिफारिस गरेका थिए। वडा सचिवको सिफारिसकै आधारमा कास्की प्रशासनले पाँचै जनालाई नेपाली नागरिकता दिएको हो। नागरिकताका लागि हजुरवुवा थुक्तेन गुरुङले सनाखत गरेका छन्। नक्कली कागजात पेश गरी नागरिकता लिने दुई जना र सनाखत गर्ने थुक्तेन गुरुङ प्रहरीले हिरासतमा छन्। सिफारिसकर्ता वडा सचिव जमरकट्टेल भने फरार छन्। वडा सचिव जमरकट्टेलले मुस्ताङको चराङवाट वसाई सरी आएको प्रमाणपत्र दिई नागरिकताका लागि सिफारिस गरेका  थिए। वैशाख ४ गते वडा कार्यालयको सिफारिसका आधारमा जिल्ला प्रशासनले वैशाख ५ गते नेपाली नागरिकताको प्रमाणपत्र दिएको थियो। दुई जनाको नागरिकतामा प्रशासकीय अधिकृत पुष्पराज पौडेल र तीन जनाकोमा उपसचिव सूर्यप्रसाद काफ्लेले हस्ताक्षर गरेका छन्। नागरिकता लिए लगत्तै उनीहरुले राहदानीका लागि पनि निवेदन दिएका थिए।
पाँचै जनाले नागरिकता पाए लगत्तै एक जनाले नक्कली कागजातको आधारमा नागरिकता वितरण गरिएको जानकारी स्वयम् प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईलाई दिएका थिए। नक्कली कागजातका आधारमा नागरिकता लिएको थाहा भएपछि प्रमुख जिल्ला अधिकारी भट्टराईले वैशाख दस गतेवाट लागु हुने गरी पाँचवटै नागरिकता रद्द गरेका थिए। नक्कली कागजात देखाएर नागरिकता लिएको विषयमा प्रशासन र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नागरिकता ऐन २०६३ र नियमावली २०६३ को दफा २१ मा नक्कली कागजात पेश गरी नागरिकता लिएको भेटिएमा एकदेखि पाँच बर्षसम्म कैद वा पचासहजार देखि एकलाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ। त्यस्तै नक्कली कागजातका आधारमा नागरिकता दिन सिफारिस र सनाखत गनेलाई ६ महिनादेखि ३ बर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। नक्कली कागजात पेश गरी तिव्वतीलाई नागरिकता दिन क–कसको सम्लग्नता छ भन्नेवारेमा जिल्ला प्रशासन कार्यालयले केहि खुलाएको छैन।

सिराह र कपिलवस्तुमा भिषण आगलागी


मोरङ, सिरहा र कपिलबस्तुमा भएका आगलागीका कारण करोडौ रुपैयाको क्षति भएको छ । मोरङको हात्तिमुडास्थित स्वस्तिक जुट मिलमा आज दिउंसो आगलागी हुंदा ठूलो क्षति पुगेको छ । विद्युत सर्ट भई लागेको आगलागीबाट मिल भित्र रहेको प्लान्टमा रहेको तीन वटा मेसिन पुर्ण रुपमा जलेर जलेर नष्ट भएका छन् । उद्योगका संचालक दिवाकर राठीका अनुसार आगलागीबाट करिब ३ करोड बराबरको क्षती भएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी, स्थानिय वासिन्दा र विराटनगर र इटहरीबाट गएको वारुणयन्त्र परिचालन गरिएको थियो ।

सिरहाको वरियारपट्टि गाउँ विकास समितिको शिवनगरमा आज दिउंसो भिषण आगलागी हुँदा २ सय ५० घर जलेको छ । आगलागीबाट धनमाल, लत्ताकपडा र अन्नपात गरी झण्डै १० करोड बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ । आगो नियन्त्रणको लागि लहानबाट गएको दमकल, स्थानिय वासिन्दा र प्रहरीले घण्टौपछि नियन्त्रणमा लिएका थिए । खरको छाना भएका घरहरुमा आगो फैलिएकाले नियन्त्रण गर्न समय लागेको बताईएको छ । उता, कपिलवस्तुको खुरहुरीया गाउँ विकास समितिको नवरङगीया गाउँमा भएको आगलागीबाट ५१ वटा घर जलेर नष्ट भएको छ । आगोले स्थानीय जमाल मियाको कुखुरा फर्ममा रहेका तीन हजार एक सय भन्दा बढी कुखुरा जलेको स्थानीइबासीले बताएका छन् । आगलागीबाट ३० लाख भन्दा बढीको क्षती भएको प्रहरीको अनुमान छ । सदरमुकाम तौलिहवाबाट गएको वारुण यन्त्र, स्थानिय वासिन्दा र प्रहरीलाई आगो नियन्त्रण गर्न घण्टौ लागेको थियो ।

धन्दा पुरुष वेश्याको

काठमाडौंको रानीपोखरी र रानीपोखरी छेउको गणेश मन्दिर। यहीँ भेटिन्छन्, 'मिसन सोल्टी'। जिम गरेको कसिलो जिउ र कोरियन शैलीको  जेल लगाइएको उनको केश देखेर जो-कोही आकषिर्त हुन सक्छन्। आखिर उनको उद्देश्य पनि त्यही हो। उनी हुन् सहरका नामी यौनकर्मी।  सडकमा रुघेँको देख्दा 'मिसन सोल्टी' सजिलै हात पर्छन् भन्ने लाग्न सक्छ,। भ्रमबाट मुक्त हुनुहोस्, उनी चानचुने यौनकर्मी होइनन्। उनीसँग  एक रात बिताउन पूरा १० हजार रुपैयाँ तिर्नुपर्छ। केही वर्षअघि यही गणेश मन्दिरमा उनी आफ्नो यौवनको मोल ५ सय राख्थे। अरू  सामग्रीको सय प्रतिशत मूल्य बढ्दा उनको भाउ हजार प्रतिशतले बढेको छ। छेऊमै १२ वर्षदेखि मकै पोल्ने आशाकुमारी पाखि्रन भन्छिन्, 'यो  मोरो, पहिले मागेर मकै खान्थ्यो, छोरो जस्तो लागेर दिन्थें, अहिले बोल्दा पनि पैसा लाग्छ जस्तो गर्छ।'

यौनकर्मी भन्नेबित्तिकै मानिसको मनमा महिलाको तस्बिर आउँछ। सञ्चारमाध्यममा पनि महिला यौनकर्मीकै बारेमा चर्चा हुन्छ। प्रहरी एवं  गैरसरकारी संस्थाहरूले पनि महिला यौनकर्मीलाई पक्रने र उद्धार गर्ने लुकामारी खेलिरहन्छन्। यो कोलाहलमा पुरुष यौनकर्मीहरू भने मज्जाले  आफ्नो धन्दा चलाइरहेका छन्। उनीहरूलाई न प्रहरीको डर छ, न गैरसरकारी संस्थाहरूकै झन्झट। 

रक्षा नेपालकी अध्यक्ष मेनुका थापा एक साँझ टहल्दै रानीपोखरी पुगेकी थिइन्। चुरोट पिइरहेको एउटा युवकले अचानक चुरोट फ्याक्यो र  मुख अर्कोतिर फर्कायो। २२-२५ वर्षीय युवक यसरी आफूसँग अचानक डराएको देख्दा थापा अचम्ममा परिन्। युवकको छेऊ पुगेर ध्यानपूर्वक  हेर्दा पो थाहा भयो, ती युवक अरू कोही नभएर पाँच वर्षअघि एउटा क्याबिन रेस्टुराँमा भाँडा मोल्ने भाइ रहेछन्। ठमेलको क्याबिन रेस्टुराँमा  काम गर्ने महिलाहरूको उद्धार गर्न जाने क्रममा त्यहाँ काम गर्ने भाइसँग उनको परिचय भएको थियो। अहिले हतारमा डराएर चुरोट फ्याक्ने  युवक तिनै थिए। पाँच वर्षपछि लक्का जवान भएका ती युवक त्यसरी नडराएका भए मेनुकाले चिन्न सक्ने थिइनन्। डराउनुको कारण सो धखोज गर्दै जाँदा थाहा भयो, उनी पनि पुरुष यौनकर्मी रहेछन्। तीन वर्षदेखि उनी सडकमै ग्राहक खोज्ोर त्यसबापत प्राप्त हुने पारिश्रमिकले  आफ्नो परिवारको पेट पाल्छन्। उनकी श्रीमती र एक छोरा छन्। छोरा सहरको एउटा चर्चित निजी विद्यालयमा पढ्छन्। 'संस्थामा भएका  बहिनीहरूमार्फत सहरमा पुरुष यौनकर्मी प्रसस्तै छन् भन्ने सुनेकी थिएँ।' साप्ताहिकसँगको भेटमा मेनुकाले भनिन्, 'त्यही भाइ पनि यौनकर्मी  भएको थाहा पाउँदा मलाई अचम्म लाग्यो।'



के भन्छन् जिगोलो ?

पुरुष यौनकर्मीहरू आफूलाई जिगोलो भनेर चिनाउँछन् । विदेशी पर्यटकहरूको संगतमा उनीहरूले यो नाम पाएका हुन्। धेरैजसो यौनकर्मीले  एक्ला-एक्लै ग्राहक खोजे पनि जिगोलो समूहका ७ जनाले भने आफ्ना ग्राहक एकअर्कालाई चिनाउने गरेका छन्। केही महिला ग्राहकले 'पठ्ठा'  छानेर मात्र लान थालेपछि उनीहरूले आफ्नो समूह बनाएका हुन्। समूहका नाइके हुन्, 'मिसन सोल्टी।' उनलाई भोटाहिटी क्षेत्रमा त्यही नामले  चिनिन्छ। 

'कहिलेकाहीँ केटाहरूले हामीलाई दुःख दिने भएकाले समूह बनाएको  हुँ।' खास नाम उल्लेख नगर्ने कडा चेतावनी दिँदै मिसन सो ल्टीले भने, 'कहिलेकाहीँ मेमहरूको ढुकुटीमा डुबेको पैसा पनि उठाइदिनुपर्छ। त्यसका लागि केटाहरू चाहिन्छ। मेमसँग बाहिर गएका बेला के टाहरूलाई आफ्नो काम जिम्मा दिर्नुपर्ने भएकाले पनि समूह बनाएको हुँ।' मिसन सोल्टीलाई पहिलेदेखि चिनेको बताउने आशाकुमारी  पाखि्रनका अनुसार कहिलेकाहीँ यो समूहसँग बाहिरी युवाहरूको झगडा पर्छ। यद्यपि झगडा के विषयमा हुन्छ भन्ने कुरा भने उनले बुझेकी  छैनन्। 'आला-काँचा छन्, सडकमै हुर्किएका हुन्, त्यही भएर झगडा गर्छन्।' आशाकुमारी भन्छिन्, 'कहिलेकाहीँ उसलाई लिन नीलो गाडी  आएको देख्छु, तर गाडीमा किन जान्छ, चासो दिन्न।' 

 मिसन सोल्टी र उनका समूहलाई मेमहरूले छानेर लाने गरेका छन्। ग्राहकले छानेपछि  उनीहरूलाई कहिले क्यासिनो लान्छन् भने कहिले  सीधै आफ्नै घरमा पुर्‍याउँछ। 'सँगै रक्सी खाइन्छ, त्यसपछि उनीहरूले भनेअनुसार गर्नुपर्छ।' मिसन सोल्टी भन्छन्, 'पहिले त मलाई के-के  गराएको होला भनेर रिस पनि उठेथ्यो, तर अहिले बानी भयो।' मिसन सोल्टीका अनुसार उनीहरूले महिला ग्राहकलाई जीउमा तेल लगाइदिने,  जीऊ दुखेको बेला थिचिदिने एवं मुख मैथुनसम्म गरिदिनुपर्छ। उक्त समूहले महिलालाई मात्र होइन, पुरुषलाई पनि आफ्नो ग्राहक बनाएको छ।  यद्यपि पुरुष ग्राहकसँग उनीहरूले बढी शुल्क लिन्छन्। '१० हजार रुपैयाँ नदिई जान्न।' अलि ठाडो भाषामा मिसन सोल्टीले भने, 'पुरुष ग्राहकसँग जाँदा सास्ती हुन्छ, त्यसैले दाम बढाएको।' पहिले उनी पुरुष र महिला ग्राहकका लागि पाँच सय रुपैयाँ मात्र लिन्थे। अहिले सकेसम्म महिला  ग्राहक खोज्ने नभेटेको अवस्थामा मात्र पुरुष ग्राहकसँग जाने उनीहरूको नियम छ। 'कुइरे र कुइरिनीसँग अलि बढी रमाइलो हुन्छ।' मिसन सो ल्टीभन्दा केही कम उमेरका अर्का युवाले थपे, 'उनीहरू पैसा पनि बढी दिन्छन्, माया पनि बढी गर्छन्।' मिसन सोल्टी र उनको समूहका धेरै  जसो ग्राहक ४० वर्षभन्दा बढी उमेरका महिला छन्। ग्राहकले  कहिलेकाहीँ कम्पाउन्ड भएको घरमा लान्छन् भने कहिलेकाहीँ नगरकोटतिरका  होटलतिर। 'मेमहरूसँग पोखरा र सौराहा पनि पुगेको छु, एकपल्ट इन्डिया पनि गएँ।' आफ्ना ग्राहक सम्झदै मिसन सोल्टीले फुत्काए, 'गौरा  मेमले भने मलाई आफ्नै लोग्ने हो भनेर चिनाउनुहुन्छ।' 



कति छन् पुरुष यौनकर्मी 

सन् २००१ मा ब्लु डाइमन्ड सोसाइटीका अध्यक्ष सुनिलबाबु पन्तले लन्डन स्कुल अफ हाइजिन ट्रोपिकल मेडिसिनका लागि नेपाली  समलिङ्गीहरूका बारेमा विशेष अध्ययन गरेका थिए। उक्त अध्ययनको उद्देश्य नेपालमा समलिङ्गीहरूको अवस्था एवं उनीहरूमार्फत एचआइर् भीको संक्रमण कस्तो छ भन्ने थियो। अध्ययनका क्रममा उनले प्रसस्त पुरुष यौनकर्मी फेला पारे। केही समलिङ्गी यौनकर्मीसँगै पुरुष यौनकमीर् को उठबस हुने र उनीहरूले गराउने असुरक्षित गुदा मैथुनले समलिङ्गी र पुरुष यौनकर्मीहरूमा एचआईभी सर्ने सम्भावना तीव्र रहेको उक्त  सर्वेक्षणको निष्कर्ष थियो। यद्यपि उक्त सर्वेक्षणले नेपालमा कति पुरुष यौनकर्मी छन् भन्ने तथ्याङ्क दिन सकेको थिएन। 'अरू सहरको कुरा त  मलाई थाहा छैन, काठमाडौंमा प्रसस्तै पुरुष यौनकर्मी छन्।' ब्लु डाइमन्ड सोसाइटीमा कर्यरत समलिङ्गी भूमिका श्रेष्ठ भन्छिन्, 'उनीहरू  महिला वा समलिङ्गी यौनकर्मी जस्तो ठूलो समस्यामा पर्दैनन्, त्यसैले हाम्रो सम्पर्कमा आउन चाहदैनन्।' भूमिकाका अनुसार यस्ता पुरुष यौ नकर्मीलाई सहरका धनाढ्य एवं पाका महिलाहरूले प्रयोग गर्दै आइरहेका छन्। श्रीमान्बाट असन्तुष्ट, श्रीमान् बिदेसिएका कारण एक्लिएका एवं  कामुक प्रकृतिका महिलाहरू नै उनीहरूका ग्राहक हुन्। त्यस्ता महिलाहरूले छानीछानी पुरुष लाने भएकाले भोटाहिटीदेखि रानीपोखरी क्षेत्रमा  साँझ दर्जनौं किशोर एवं युवा यौनकर्मी भेटिने गरेका हुन्। 

यौनकर्मीको परिभाषाअनुसार कसैले आफ्नो व्यक्तिगत मनोरञ्जन वा यौनसन्तुष्टिका लागि कुनै महिला, पुरुष वा समलिङ्गीलाई कुनै उपहार  वा नगद दिएर प्रयोग गर्छ भने त्यो प्रयोग हुन स्वीकार गर्ने व्यक्ति नै यौनकर्मी हो। यो परिभाषाअनुसार नगद मात्र होइन, कुनै उपहार एवं  विशेष लाभको लोभमा परेर व्यक्तिगत सन्तुष्टि पूरा गर्ने व्यक्ति पनि व्यक्ति यौनकर्मी हुनसक्छ। 'धेरैजसो यौनकर्मी युवा कुनै धनाढ्य महिलाको  एकलौटी रखौटो हुन्छन्, त्यसैले उनीहरूलाई आफू यौनकर्मी हुँ भन्नेसमेत थाहा हुँदैन।' रक्षा नेपालकी अध्यक्ष मेनुका थापा भन्छिन्, 'आजका  महिला धेरै स्मार्ट भैसकेका छन्। कतिपय महिला आवश्यकता र कतिपय रमाइलोका लागि यस्ता युवाको प्रयोग गर्छन्।' कतिपयले सुरक्षा र  सन्तुष्टि दुवैका लागि आकर्षक रकम र गाडी दिएर स्मार्ट पुरुषहरूलाई आफ्नो बनाएर राखेको पाइएको छ। होटल र रेष्टुराँका बाउन्सर तथा  मोडलहरू मात्र होइनन्, केही युवा सेलिब्रेटीलाई पनि धेरै महिलाले यौनकर्मीका रूपमा प्रयोग गरेका छन्।  

सन् २०१० मा नेपाली सन्तोष गुरुङ् र दुई थाइ अनुसन्धानकर्ता ओरन्त बेचेन र अपुरोनले गरेको अध्ययनले पनि काठमाडौंमा प्रसस्त पुरुष  यौनकर्मी रहेको पुष्टि गरेको थियो। एउटी महिलाले केही समय प्रयोग गरेर छाडेपछि त्यस्ता पुरुष फेरि त्यस्तै महिलाहरूको खोजीमा रहँदा  पूर्णरुपमा यौनकर्मी हुने गरेको पाइएको उक्त सर्वेक्षण-प्रतिवेदनमा उल्लेख छ। यस्ता युवाहरूलाई गुदा मैथुन मनपराउने पुरुषहरूले बढि पैसा  दिएर प्रयोग गर्ने र उनीहरूमा एचआईभीको संक्रमणको सम्भावना प्रवल गरेको उक्त सर्वेक्षण-प्रतिवेदनमा उल्लेख छ। यद्यपि महिला यौनकमीर् मा भन्दा पुरुष यौनकर्मीहरू कन्डम प्रयोग गर्न सचेत देखिन्छन्। एसिया जर्नल अफ पब्लिक हेल्थको जुलाई-डिसेम्बर अंकले पनि काठमाडौं  उपत्यकामा पुरुष यौनकर्मीहरू बढिरहेको तथ्य पेश गरेको छ। उक्त जर्नलले पनि नेपालमा पुरुष यौनकर्मीहरूको संख्या तोक्न सकेको छैन।  सन् २०१० मै सिविनले गरेको सर्वेक्षणमा सडक बालबालिकाहरूलाई विदेशी एवं स्वदेशी पुरुष-महिलाहरूले पैसा वा खानेकुरा दिएर यौनकर्म  गराउन थाल्छन्। सजिलो गरी पैसा आउने कार्य भएको देखेपछि उनीहरू सजिलै यौनकर्मी हुन्छन्। यहि बानीका कारण धेरैजसो सडक  बालकपछि गएर पुरुष यौनकर्मी हुने गरेको पनि पाइएको छ। 



कसरी प्रयोग हुन्छन् ?

विकीपीडियाको अंग्रेजी संस्करणमा नेपाललाई पुरुष यौनकर्मीहरूका लागि सबैभन्दा आकर्षक देश भनिएको छ। विकीपीडियाको मेल सेक्स वकर् र शीर्षकमा उल्लेख भएअनुसार पदयात्रा मनपराउने अमेरिकी एवं युरोपियन युवतीहरूले नेपाली कलव्यायलाई आफ्नो यात्रामा लाने गरेका  छन्। विदेशी युवतीहरूले पैसा तिरेर घुमाउन लैजाने र आफूले चाहेअनुसारको सेवा सुविधा लिने देशहरूमा नेपाल पहिलो पङ्तिमा पर्छ। पुरुष  यौनकर्मी खोजेर रमाइलो गर्न विदेशबाट आउने ग्राहकको सूचीमा नेपालपछि मोरक्को, फिजी, इक्वेडर तथा कोस्टारिका छन्। पर्यटन  व्यवसायीहरूका अनुसार विकीपीडियामा नेपालका युवालाई केही अतिरञ्जित रुपमा व्याख्या गरिएको छ। 'नेपाली गाइडसँग युरोप-अमेरिकी  युवतीहरू स्वैच्छाले यौन सम्पर्क गर्छन्, त्यसैलाई अतिरञ्जित गरिएको हो।' पर्यटन व्यवसायी राजन न्यौपाने भन्छन्, 'युवतीहरूले उनीहरूलाई  घुमाएबापतको पारिश्रमिक दिएका हुन्, न कि यौन सन्तुष्टि दिएबापत।' यति हुँदा हुँदै पनि विशेष सेवा गरेबापत महिला पर्यटकहरूले नेपाली  युवाहरूलाई ठूलो टिप्स दिने गरेका कुरा भने उनी स्वीकार गर्छन्। 'कतिपय भाइहरूले आफूलाई विदेशी युवतीले प्रयोग गरेको थाहै पाउँदैनन्।  किनभने उनीहरूलाई पैसा र रमाइलो दुवै प्राप्त हुन्छ। कतिपय युवाले यही कारणले विदेश जाने मौका पनि पाएका छन्।' न्यौपाने भन्छन्, ' खुला विचार भएका विदेशीहरू लजालु नेपाली युवाप्रति आकषिर्त हुने गरेका छन्।' एक वर्षअघि ठमेलको एक होटलमा बस्न आएकी अमेरिकी  युवतीलाई नेपाली होटल मालिकले जवरजस्ती गरेको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन्। कमल कूस्मा थारु नामका ती युवाले प्रहरीको  बयानमा अमेरिकी युवतीहरू सजिलै यौन सम्पर्क गर्न मान्ने र कतिपयले पैसा दिने गरेको बताएका थिए। उनको भनाइले पनि ठमेल क्षेत्रमा  आउने कतिपय महिला पर्यटकहरू पुरुष यौनकर्मीको खोजीमा हुने गरेको पुष्टि गरेको थियो। प्रहरी प्रतिवेदनमा भने कतै पनि पुरुष यौनकमीर् का बारेमा उल्लेख  छैन। नेपालमा गैरकानुनी मानिने यौनकर्म महिला र पुरुष दुवैका लागि उत्तिकै दण्डनीय भए पनि प्रहरीले अहिलेसम्म  क्याबिन रेस्टुराँ, मसाज एवं डान्स रेस्टुराँहरूबाट महिलालाई मात्र पक्रने गरेको छ। महिलासँगै पुरुष पनि यौनकर्मी हुनसक्छन् भन्ने कुरा  प्रहरीले थाहा पाएर पनि थाहा नपाएको जस्तो गरेको छ। 

रक्षा नेपालकी अध्यक्ष थापाका अनुसार पुरुष यौनकर्मीहरू विदेशी महिलाको खोजीमा बढी रहे पनि नेपाली पुरुष प्रयोग गर्ने नेपाली महिलाह रूको सङ्ख्या पनि ठूलो छ। यस्ता यौनकर्मीहरू सकेसम्म विदेशी महिलालाई आकषिर्त गर्ने प्रयास गर्छन्, उनीहरू नेपाली महिलालाई पनि  उत्तिकै सेवा दिइरहेका हुन्छन्। 'आफ्नो श्रीमान्बाट विशेष किसिमको सेवा नपाउने घनाढ्य महिलाहरू पुरुष यौनकर्मीलाई प्रयोग गर्छन्।' थापा  भन्छिन्, 'पुरुषहरूमा यौन सन्तुष्टिको अधिकार आफ्नो मात्र हुने खालको भावना भएका कारण श्रीमतीको इच्छाको ख्याल राखिँदैन। त्यसैले  पनि कतिपय महिलाले बाहिरी पुरुषबाट यौन सन्तुष्टि लिने गरेका छन्।' चर्चित गायक, मोडल र कतिपय नायकको नाम पनि कहिलेकाहीँ  विशेष एवं धनाढ्य महिलासँग जोडिनुको कारण पनि यही हो। यस्ता सेलिब्रेटीलाई ती महिलाले गाडी, आइफोन एवं अप्ठारो परेका बेला खर्च  उपलब्ध गराउँदै आएको चर्चालाई पनि कतिपयले यसैसँग जोड्ने गरेका हुन्। 'मैले बुझेअनुसार ४० वर्ष कटेका महिलालाई उनीहरूको  श्रीमान्ले पहिले जस्तो माया गर्न छाड्छन्। उनीहरू परस्त्रीसँग हिँडेको सुन्न थाल्छन्।' थापा भन्छिन्, 'त्यसको प्रतिशोध वा मायाको अभावमा  महिलाहरू पनि पुरुष यौनकर्मी खोज्न थाल्छन्।' मनोविज्ञ करुणा कुँवर पनि आजभोलि महिलाहरू श्रीमान्बाहेक बाहिरी पुरुषतर्फ आकषिर्त हुन  थालेको कुरा स्वीकार गर्छिन्। 'परपुरुषसँगको सम्बन्धका कारण हुने तनावका धेरै मुद्दा मकहाँ पनि आउने गरेका छन्, तर ती पर पुरुष यौ नकर्मी नै हुन् वा व्यायफ्रेन्डमात्र हुन् भन्ने कुराको भने मैले अध्ययन गरेकी छैन।' कुँवर भन्छिन्, 'सहरमा पुरुष यौनकर्मीबाट सेवा लिने  महिलाको सङ्ख्या बढिरहेको छ भन्ने कुरा चाहिँ सत्य हो।' 



विदेशका कुरा  

नेपालमा पुरुष यौनकर्मीको चर्चा नयाँ भए पनि विदेशमा भने यसलाई पुरानो परम्परा मानिन्छ। इन्साइक्लोपेडिया अफ होमोसेक्सुअलका  अनुसार प्राचीन ग्रीसमा आकर्षक दासहरू राजकुमारी एवं महारानीको यौनइच्छा पूरा गर्न खरिद गरिन्थ्यो। हिब्रु भाषामा लेखिएको बाइबलमा  पनि पुरुष दासलाई यौनकार्यमा प्रयोग गरिएको कुरा उल्लेख छ। चर्चित ग्रीस दार्शनिक फेडो इलिस युवा अवस्थामा पुरुष यौनकर्मी थिए। चचिर् त दार्शनिक प्लेटोको संगतमा आएपछि मात्र उनले यौन व्यवसाय छाडेका थिए। आजभोलि अमेरिकाका न्युयोर्क, लस एन्जेलस, सन् फ्रान्सिस्को  जस्ता सहरका निश्चित गल्लीहरू पुरुष यौनकर्मीका लागि छुट्याइएको छ। जिगोलो अथवा रेन्ट ब्याइ भनिने यस्ता पुरुष संसारभरि प्रसिद्ध  छन्। न्युयोर्कको फिफ्टी थ्री स्टि्रट, लस एन्जेलसको सान्ता-मोनिका बोलिभर्ड, लन्डनको पिकाडिली सर्कस एरिया, सनफ्रान्सिस्को कन्ट्री रुट  अफ ५२६ न्यू-जसीको फ्राङ्लिन क्षेत्र पुरुष यौनकर्मीहरूको चर्चित क्षेत्र हो। सौखिन महिलाहरू उक्त क्षेत्रमा गएर आफूलाई मनपरेका युवालाई  केही समयका लागि खरिद गर्न सक्छन्। महिलाहरू आफैं नगएको अवस्थामा इन्टरनेट, फोन एवं स्थानीय वयस्क टेलिभिजन च्यानलको  माध्यमबाट यौनकर्मी छान्न सकिन्छ। यसका लागि छुट्टै दलाल कम्पनीहरू पनि खडा गरिएका छन्। विकीपीडियाका अनुसार जापान,  अफगानिस्तान, जर्मनी, इटली एवं ब्राजिलजस्ता विकसित देशमा महिलाको आर्थिक स्तरमा आएको ठूलो सुधारका कारण पुरुष यौनकर्मीहरूको  माग बढेको छ। थाइल्यान्डको फुकेटमा विश्वको सबैभन्दा ठूलो पुरुष वेश्यालय 'ग्रोथल' छ भने इन्डोनेसिया, ग्रीस, स्पेन जस्ता देशमा पनि  ठूलो संख्यामा पुरुष यौनकर्मीहरू थपिइरहेका छन्। ती देशहरूमा स्थानीयबाहेक भारत, चीनजस्ता मुलुकका पुरुषहरू पनि स-सुल्क सेवाका  लागि पुग्ने गरेको एजेन्सीहरूको प्रतिवेदनमा उल्लेख छ।  



महिनाको ५० हजारसम्म कमाउँछु 

मिसन सोल्टी, पुरुष यौनकर्मी 

कति भयो यो काम गर्नुभएको ?

धेरै भयो। ए होइन, होइन, दुई चार वर्ष जति भयो। 

सबैभन्दा पहिलो ग्राहकको थियो ?

कुइरे थियो। त्यसले माया गरेर कपडा किनिदियो। होटलमा लगेर खाना ख्वायो। आफ्नै कोठामा लगेर नुहाइदियो। त्यही हो, मेरो पहिलो ग्राहक। 

कुइरेसँग जाँदा यौनकर्म गर्नुपर्छ भन्ने थाहा थियो ?

सिनियर दाइहरूले 'यो खातेसँग तँ जा' भनेर पठाएका थिए अलि गरिब थियो होला। दाइहरूले सबै कुरा सिकाएका थिए।    

महिला ग्राहक रमाइला कि पुरुष ?

मेमहरू नै रमाइला। मेमहरूले यसरी खानुपर्छ, यसरी लगाउनुपर्छ भनेर सिकाउनु हुन्छ। मलाई जिम गर्नुपर्छ, राम्रो भएर हिँड्नुपर्छ भनेर मे महरूले नै सिकाएका हुन्। एकजना मेमले त म नराम्रो भएर हिँडेको देख्नुभयो भने एक महिनासम्म फोन गर्नुहुन्न। 

को मेम ?

नाम भन्न मिल्दैन।

तपाईंका कति जना महिला ग्राहक छन् ?

७-८ जना जति नियमित हुनुहुन्छ। उहाँहरू मलाई फोन नगर्नू, कसैलाई नभन्नू भन्नुहुन्छ। नाम पनि भन्न मिल्दैन, कति जना छन् भन्न पनि  मिल्दैन। 

अनि कसरी भेट हुन्छ त ?

उहाँहरूलाई हाम्रो जङ्सन थाहा छ। धेरैजसो चाहिँ आफैं फोन गर्नुहुन्छ। त्यही भएर सधैं चिटिक्क परेर बस्नुपर्छ। 

सबैभन्दा बढी कसले माया गर्छ ?

गौरा मेमले। उहाँले मलाई यो मेरो कान्छो लोग्ने हो भनेर अरू मेमहरूलाई चिनाउनु हुन्छ। सबैजना हाँस्छन्, मलाई पनि खुसी लाग्छ। 

महिनाको कति कमाइ हुन्छ ?

नियमित ग्राहकसँग यति नै भनेर लिन्न। जति दिनुहुन्छ, चुपलागेर लिन्छु। लोग्नेमान्छे र कुइरे-कुइरिनीसँग चाहिँ १० हजार चाहिन्छ भन्छु।  कहिलेकाहीँ त महिनाको ५० हजार पनि हुन्छ। 



उनीहरू समस्यामा छैनन्



भूमिका श्रेष्ठ, तेस्रोलिङ्गी एवं ब्लू-डाइमन्ड सोसाइटीकी कर्मचारी

तेस्रोलिङ्गी एवं महिला यौनकर्मीका समस्या सुनिदिने संस्थाहरू छन्, पुरुषका छैनन्, किन ?

किनभने उनीहरूमा समस्या छैन। भए पनि पुरुष प्रधान समाज भएकाले उनीहरू त्यसलाई गुपचुप राख्छन्। महिला र तेस्रोलिङ्गीमा कोही यौ नकर्मी हो भन्ने थाहा हुने बित्तिकै घरबाट निकालिदिने चलन छ। अझ तेस्रोलिङ्गीले त केही गर्नै पर्दैन, त्यसै अपराधी झैं व्यवहार हुन्छ र  घरबाट निकालिन्छ। पुरुषले त्यही काम गर्दा साथी भाइले गर्व मान्छन्। त्यही काम पुरुषले गर्दा ठीक र महिला वा तेस्रोलिङ्गीले गर्दा बेठीक  भन्ने समस्याका कारण महिला र तेस्रोलिङ्गीका समस्या सुन्न संस्थाहरू खडा भएका हुन्। 

धेरैजसो पुरुष यौनकर्मीले आफ्नो पेसाप्रति गर्व गरेको पाइयो, महिला वा तेस्रोलिङ्गीमा त्यो भावना किन नआएको होला ?

सामाजिक संरचनाका कारण त्यसो भएको हो। त्यही काम पुरुषले गर्दा सामान्य मान्ने र त्यही काम अरूले गर्दा नराम्रो मान्ने घर-परिवार छ  भने कसरी गर्व गर्न सक्छन् र ? प्रहरीले पनि अपमानजनक रूपमा उनीहरूलाई थुन्ने, सार्वजनिक काम गर्छ। जबकि पुरुष यौनकर्मीलाई  कसैले छुदैन। यो भेदभाव कायम रहेसम्म कसैले पनि म तेस्रोलिङ्गी वा म यौनकर्मी भन्न सक्दैन। 

प्रतिशतका आधारमा अध्ययन गर्दा धेरै तेस्रोलिङ्गीहरू यौनकर्मी भएको पाइयो, यसको कारण के होला ?

बाध्यताले उनीहरू यौनकर्मी भएका हुन्। तेस्रोलिङ्गी भएको थाहा हुने बित्तिकै धेरैजसो परिवारले आफ्ना सन्तानलाई घरबाट निकालिदिन्छन्।  अचानक सडकमा आएपछि उनीहरू बाध्यतामा यो पेसा अंगाल्न पुग्छन्। फेरि हाम्रो संस्थाले सबैलाई आश्रय दिन पनि सक्दैन। आश्रय  नपाएपछि विचराहरू के गरून् ?

पुरुष यौनकर्मीको मुद्दा उठाउने मै हुँ

नेपालमा महिला यौनकर्मीको कुरा धेरै हुन्छ, पुरुषको किन हुँदैन ?

यसका दुई कारण छन्। पहिलो उनीहरू महिला यौनकर्मी जस्तो चाँडै चिनिदैनन्, धेरैजसो व्यक्तिगत सम्बन्धका आधारमा व्यापार गर्छन्।  उनीहरूका ग्राहक निश्चित हुन्छन र फोन सम्पर्कका आधारमा उपलब्ध हुन्छन्। महिलाले जस्तो सडकमै बसेर ग्राहक खोज्नुपर्ने अवस्था अलि  छैन। कम देखिने भएकाले चर्चा पनि कम भएको हो। अर्को महिलाले त्यही काम गर्दा गलत र पुरुषले गर्दा ठीक भन्ने  मानसिकता छ।  महिलाहरू आफ्ना सन्तान पाल्ने बाध्यतामा यो पेसामा आएका छन् तर पुरुषहरूको यो पार्टटाइम जबजस्तो भएकाले बाहिर आउँदैन। यद्यपि  नेपालमा पुरुष यौनकर्मी बढिरहेका छन्, भनेर उनीहरूको मुद्दा उठाउने व्यक्ति भने मै हुँ। मैले कान्तिपुरमा लेख लेखेर यो कुरा बाहिर ल्याएकी  हुँ।  

महिला यौनकर्मीहरूको समस्या समाधान गर्न धेरै संघसंस्था खुलेका छन्, पुरुषको छैन,  किन ?

किनभने हाम्रो समाज पुरुष प्रधान छ। महिलाले यौन व्यापार गर्दा उनीहरू अपहेलित  हुन्छन्।  त्यही काम पुरुषले गर्दा उल्टै माया पाइरहेका  हुन्छन्। मैले चिनेको एकजना पुरुष यौनकर्मीलाई  महिलाले घरमै लगेर खाना ख्वाउँछिन्। छोराछोरीलाई मामा भनेर चिनाउँछिन्। कुन पहिरन  लगाउने-नलगाउने कसरी राम्रो भएर हिड्ने भनेर सिकाउँछिन्। जबकी त्यही काम गर्ने महिला यौनकर्मीले ग्राहकबाट कुटाइ खाएका उदाहरण  धेरै छन्। कमजोर भएकै कारण महिला यौनकर्मीहरूको समस्याका लागि विभिन्न संघसंस्था खुलेका हुन्। 

तपाईंको अध्ययनअनुसार पुरुष यौनकर्मीहरूको संख्या काठमाडौंमा कति होला ?

खास तथ्याङ्क छैन। जसरी कलगर्लहरूको तथ्याङ्क पाउन गाह्रो हुन्छ, त्यसैगरी पुरुष यौनकर्मीहरूको यकिन तथ्याङ्क पाउन सकिदैन। धेरै जसो पुरुष यौनकर्मीका निश्चित ग्राहक हुने भएकाले र ती कुरा बाहिर नआउने भएकाले थाहा हुँदैन। अध्ययनहरूले पुरुष यौनकर्मीहरू  बढिरहेको चाहिँ देखाएको छन्। 

पुरुष यौनकर्मीहरूको बजार कहाँ रहेछ ?

विदेशी पर्यटक एवं ४० वर्ष पार गरेका धनाढ्य महिलाहरू नै उनीहरूका ग्राहक हुन्। आफूचाहिँ बाहिर केटी खोज्दै हिँड्ने घरकी श्रीमती बूढी  भै भनेर वास्ता नगर्ने श्रीमान्का कारण महिलाहरू पीडित हुन थाल्छन्। यो उमेरमा छोराछोरी हुर्केर स्कुल-कलेजमा व्यस्त हुन थाल्छन्।  मायाको अभाव एवं श्रीमान्को इखका कारण महिलाहरूले पुरुष यौनकर्मी खोज्ने गरेका छन्। श्रीमान् विदेशमा हुने र सौखिन महिलाहरूले पनि  यौनकर्मी पुरुषको खोजी गरेका छन्। 



(Source: http://www.ekantipur.com/saptahik/)

अध्यक्षको तस्बिर हटाउँदै वैद्य पक्ष


काठमाडौ, 
वैशाख १७ - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले राज्य समिति तथा जनवर्गीय संगठनलगायत कार्यालयमा राखिएका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर हटाएको छ ।
अध्यक्ष दाहालले कम्युनिस्ट क्रान्तिलाई विश्वासघात गरेको आरोप लगाउँदै वैद्य पक्षीय प्रतिनिधिको बाहुल्यता रहेका अधिकांश जनवर्गीय, जातीय मोर्चा, जनसांस्कृतिकलगायत कार्यालयमा राखिएका तस्बिर हटाइएका हुन् ।
 केन्द्रीय सदस्य तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष कृष्णदेवसिंह दनुवारले वैद्य पक्षीय केन्द्रीय समिति बैठकले दाहालको तस्बिर हटाउने आधिकारिक निर्णय नै गरेको बताए । 'कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउनुको सट्टा दक्षिणपन्थी धारमा भासिनु भयो, त्यसकारण तस्बिर हटाएका हौं,' उनले भने । महासचिव रामबहादुर थापाले दाहाललाई 'लाल गद्दार' घोषणा गरिसकेको प्रसंग उल्लेख गर्दै उनले भने, 'अन्य ठाउँमा राखिएका तस्बिर पनि हटाउँछौं, विश्व क्रान्ति गर्ने कम्युनिस्ट नेतासँग दाहालको फोटो सजाएर राख्नु क्रान्तिको अपमान हो ।'
विशेषगरी चैत २८ मा लडाकु र तिनका हतियार नेपाली सेनालाई जिम्मा लगाई 'आत्मसमर्पण गराएकाले' तस्बिर हटाएको उनको तर्क थियो । बुद्धनगरस्थित माओवादीको पुरानो पार्टी कार्यालयमा रहेका महिला, सुकुम्बासी, मजदुर, शिक्षक, दलित, किसानलगायत जनवर्गीय संगठनको अधिकांश कार्यालयबाट दाहालका तस्बिर हटाइएका छन् । यस्तै, कुपण्डोलस्थित नेवाः राज्य समिति, मगर राष्ट्रिय मुक्ति मोर्चा, तमु राष्ट्रिय मुक्ति मोर्चा, किराँत मुक्तिमोर्चा, आदिवासी जनजातिको कार्यालय, भृकृटीमण्डपस्थित राष्ट्रिय कर्मचारी महासंघ र पुतलीसडकस्थित जनसांस्कृतिक महासंघको कार्यालयबाट पनि हटाइएको छ ।
'क्रान्तिको नायक भन्ने कि खलनायक त्यसमा छलफल भइरहेको छ, तस्बिर हटाइसक्यौं, अब उनका भनाइ पनि हटाउने प्रक्रियामा छौं,' जनसांस्कृतिक महासंघका महासचिव माइला लामाले भने ।
अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको काठमाडौं जिल्ला कार्यालयबाट पनि अध्यक्ष दाहालका तस्बिर र उनका भनाइलाई हटाएको छ । अखिल नेपाल शिक्षक संगठनका महासचिव लालबहादुर बीसीले भने आफूहरूलाई पार्टीको निर्देशन नआएकाले नहटाएको बताए । 'पार्टी फुटेको अवस्था होइन, अहिलेसम्म उहाँ नै अध्यक्ष हो, हामीले फोटो हटाएका छैनौं,' उनले भने|

दलहरु सहमतिमा नपुगेपछि संविधान सभाको बैठक अन्यौलमा

काठमाडौँ, 
वैशाख १६ - कार्यतालिका अनुसार काम भएको भए यतिखेर संविधानको पहिलो तथा पूर्ण मस्यौदा जारी भएको २४ घण्टा भइसक्ने अवस्था हुन्थ्यो। तर दलहरुबीच दूरी बढ्दै गएपछि संविधान सभाको बैठकै अन्यौलमा परेको छ। संविधान सभाको बैठक लगातार सूचना टाँस गरी स्थगित हुँदै आएको छ। कार्यतालिका अनुसार दलहरु सहमतिमा नआए संविधान सभाको बैठकले बहुमतबाट निर्णय लिनुपर्ने थियो।  

राज्य पुनर्संरचना र शासकीय स्वरुपमा दलहरु अझै सहमतिमा आउन सकिरहेका छैनन्। माओवादीले १० प्रदेश र कङ्ग्रेसले सात प्रदेशको अडान राखेपछि माओवादीले फेरि १४ प्रदेश मै फर्कने चेतावनी दिइरहेको छ। 

शनिबार पनि राज्य पुनर्संरचनाका विषयमा दलहरु सहमतिमा पुग्न असफल भए। शनिबार बिहान र अपराह्न गरी दुई पटक संविधान सभामा दलहरु सहमति खोज्न बैठक बसेका थिए। तर उनीहरु कुनै टुङ्गोमा भने पुग्न सकेनन्। 

शासकीय स्वरुपमा भने मिश्रित प्रणालीमा सहमति जुटे पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीबीच कार्यकारी अधिकार के कस्तो दिने भन्ने मा सहमति जुट्न बाँकी छ। न्याय प्रणालीमा ५ वर्षका लागि संवैधानिक अदालत गठन गर्ने एउटा महत्वपूर्ण सहमति यसबीच भएको छ। तर यसको गठन प्रक्रियाका विषयमा सहमति जुट्न बाँकी छ।

-(नागरिक)

संघीयता बन्यो घाडो, कुरा मिलाउ चाडो

जिम्मेवारी पदका व्यक्ति नै पैसाको लोभमा किर्ते काममा संलग्न

लुम्बिनीमा नेपालीको लापरवाही भारतीयको राज - सरकार के हेरेर बसिरहेको छ

Friday 27 April 2012

महानगरीय ट्राफीक प्रहरी प्रमुख गणेशराज राईले भ्रष्ट्राचारमा वरिष्ठ प्रहरी अधिकृतहरु संलग्न रहेको आरोप

मिनाक्षी थापालाई मुम्बईबाट इलाहाबाद लगेर हत्या गरिएको पुस्टी

बलिउड चलचित्रमा जुनियर कलाकारका रुपमा काम गरिसकेकी नेपाली अभिनेत्री मिनाक्षी थापाको टाउकोबिनाको शरीर मुम्बई प्रहरीले इलाहाबादबाट बरामद गरेको थीयो ।  मिनाक्षी थापालाई मुम्बईबाट इलाहाबाद लगेर हत्या गरिएको थियो। हत्यापछि आरोपीहरूले पहिचान लुकाउन मिनाक्षीको टाउको काटेर फालेका थिए। र, बाँकी शरीर पानीको ट्याङ्कीमा राखेका थिए। मुम्बई प्रहरीको क्राइम ब्रान्चले मिनाक्षीको हत्याको आरोपमा एक जना जुनियर कलाकार अमित जयसवाल र मोडल प्रिति सुनीलाई पक्राउ गरेको थियो। दुवै आरोपीले फिरौती लिनका लागि मिनाक्षीको हत्या गरेका थिए। मिनाक्षी धनी परिवारसँग सम्बन्धित भएको विश्वास उनीहरुले गरेका थिए। त्यसपछि दुवैले मिनाक्षीलाई भोजपुरी चलचित्रमा काम दिलाउने लोभ देखाएर इलाहावाद लगी त्यहीँ हत्या गरेका थिए।

प्रचण्ड र कमाण्डरहरुवीच पैसाको लफडा, माओवादीमा भएको भ्रष्टाचारको छानविन के कसरी गर्न सकिन्छ भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर छलफल !


माओवादी लडाकूहरुलाई उपलब्ध गराएको अबौँ रुपैयाँ भ्रष्टाचार भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीरु छलफल भएको छ । अख्तियारको उच्च स्रोतले दिएको जानकारी अनुसार माओवादीमा भएको भ्रष्टाचारको छानविन के कसरी गर्न सकिन्छ भन्ने विषयमा सचिव भगवति काफ्ले र अन्य कर्मचारीहरुबीच एक चरणको छलफल भएको छ । माओवादी शान्तिप्रक्रियामा आएयता उसका 
लडाकूहरुलाई सरकारी सेवा सुविधा दिएर शिविरमा राखिएको थियो । उक्त समयमा लडाकूहरुको वास्तविक संख्या भन्दा २ हजार ५ सय बढी देखाएर सरकारबाट रकम निकासा भईरहेको बताईएको थियो । सरकारले शिविरमा रहेका लडाकूहरुलाई मासिक ८ हजार रुपैयाँका दरले रकम निकासा गरिरहेको थियो । त्यसैमा माओवादीकै मोहन बैद्य पक्षले माओवादी भित्र ५ अर्व रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको आरोप लगाउँदै आएको छ । यसै विषयमा अख्तियारमा छलफल भएको स्रोतले जानकारी दिएको छ । लडाकूहरुबाट ५ बर्षसम्म संकलित रकममध्ये बाँकी रकम तत्कालै हेडक्वाटरमा बुझाउन प्रचण्डले दिएको निर्देशन डिभिजन कमाण्डरहरुले लत्याईदिएका छन् । प्रचण्डले करिव शविरमा संकलन भएको करिव ३४ करोड रकम हेडक्वाटरमा आउन बाँकी रहेको भन्दै सातवटै डिभिजन कमाण्डरलाई सो रकम तत्कालै बुझाउन केही दिनअघि निर्देशन दिएका थिए । वाईसिएललाई राहत दिन रकम आबश्यक रहेको भन्दै प्रचण्डले बक्यौता रकम चुक्ता गर्न लडाकू कमाण्डरलाई निर्देशन दिएका थिए । तर लडाकू कमाण्डरहरुले भने आफुहरु त्यति ठूलो रकम नभएको भन्दै रकम बुझाउन अस्वीकार गरेका छन् । खासगरि चौथो, छैटौ र सातौ डिभिजनमा संकलन भएको ठूलो परिणामको रकम अझैपनि हेडक्वाटरमा नआइपुगेको लाजिम्पाटनिक स्रोतले बताएको छ ।
‘शिविरमा नभएका लडाकूका नाममा संकलित करोडौं रकम ती शिविरबाट हेडक्वाटरमा आएको छैन’ स्रोतले भन्यो- ‘तीनवटै शिविरले ७ देखि १० करोड रुपैयाँ बुझाउन बाँकी छ ।’ शिविरबाट भागेका र सूचीमै नभएका लडाकूको नाममा गएका मासिक तलववापतको रकम लडाकू कमाण्डरहरुले संकलन गरेको जानकारी आएपछि त्यतिबेलै हेडक्वाटरले त्यो रकम बुझाउन निर्देशन दिएको थियो । तर लडाकू कमाण्डरहरुले रकम आफैंले चलाउने, निजी ब्यापारमा लगाउने र हिसाव नबुझाउने गरेको हेडक्वाटरको दावी छ ।
‘सानोतिनो रकम त यताउति भइहाल्छ तर दश करोडभन्दा धेरै रकमको हिसाव आएन’ स्रोतले भन्यो- लेभी संकलन गरेको हिसाव आयो, शिविरमा नभएकाको हिसाव आएन् । स्रोतको भनाईमा करिव ३ हजार लडाकूबाट संकलन गरिएको मासिक ३ हजार रुपैयाँको हिसाव अपचलन भएको छ ।
तर कमाण्डरहरुले भने आफुसँग रकम माग्ने नैतिक हैसियत हेडक्वाटरसँग नभएको बताउँछन् । एक डिभिजन कमाण्डरले  भने- शिविर बनाउन, बिरामी साथीहरुको उपचार गर्न, उनीहरुलाई घर आउने जाने खर्च दिन त्यो रकम खर्च भइसकेको छ, हामीले खर्च भइसक्यो भनेर हिसाव बुझाउँदा पनि उल्टै अपराधीजस्तो गरेर हिसाव मागिरहँदा चित्त दुख्यो ।’
लडाकू कमाण्डरहरुले यसरी उठाएको रकम हिनामिना भएको भन्दै वैद्य पक्षले पनि बेला बेला कुरा उठाइरहेको छ । अहिले त उसले दश अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियार गुहार्नेसम्मको योजना बनाइरहेको छ । वैद्य पक्षका नेताहरुका अनुसार सवैजसो डिभिजन कमाण्डरले ७ देखि १० करोड रुपैयाँ ब्यक्तिगतरुपमा चलाएका छन भने बाँकी पैसा प्रचण्डलाई नै दिएका छन् । उनीहरुका भनाईमा अहिले भएको बिबाद ब्यक्तिगतरुपमा चलाएको पैसा माथि बुझाउने कि नबुझाउने भन्नै नै हो ।
तर हेडक्वाटर अर्थात प्रचण्ड निवासले कुन कुन डिभिजन कमाण्डरले कति कति रकमको हिसाव बुझाएनन भन्ने खुलाएको छैन् । रकम बुझाउन अहिले प्रचण्ड निकटका नेताहरुले आन्तरिक दबाब दिइरहेका छन् । तर रकम खर्च भइसकेको र आफुसँग रकम नभएको दावी गर्दै कमाण्डरहरुले प्रचण्डको त्यस्तो आग्रहलाई सिधै अस्वीकार गर्दै आइरहेका छन् ।